मुख्य समाचार

प्रधानमन्त्रीमाथि लागेका आरोप छिनोफानो गरेर मात्र पार्टी एकताले पूर्णता पाउने, पोखरेल

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युुनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रक्रिया अगाडि बढाउन सम्भव नरहेको बताएका छन्।

 

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीमाथि लागेका आरोपहरुको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र सम्भव नहुने उपप्रधानमन्त्री तथा पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिएका हुन् ।

 

सामाजिक सञ्जालमार्फत सचिवालय बैठकको सार सार्वजनिक गर्दै पोखरेलले यस्तो जानकारी दिएका छन्।

 

पोखरेलका अनुसार सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका आरोपहरु अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गरेका थिए।

 

देश विकासबाट पछि पनि हट्दिनँ र राजीनामा पनि दिन्नँ – प्रधानमन्त्री

 

पोखरलेले लेखेका छन, ‘प्रधानमन्त्रीमाथि लगाइएका तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले, सचिवालयको बैठकमा । त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ उहाँले।’

 

‘यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ’, पोखरेलले अगाडि लेखेका छन् ।

 

उनले प्रधानमन्त्रीबाट व्यक्त भएको यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझ्न र त्यसै अनुसार आफूलाई तयार पार्न आह्वान पनि गरेका छन् ।

 

गत शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई राष्ट्रघाति र भ्रष्टाचारीको संरक्षकसहितका दर्जनौँ गम्भीर आरोप लगाउँदै उनले अब निकासका लागि त्याग गर्नुपर्ने मागसहितको प्रतिवेदन पेश गरेका थिए।

 

ओलीले आज (बुधबार) बसेको बैठकमा ती आरोपहरुको छिनोफानो नभएसम्म एकता प्रक्रिया अघि बढ्न सम्भव नरहेको बताएका हुन् ।

 

प्रधानमन्त्रीलाई निवास देखि विमानस्थलसम्मै हेलिकप्टर सुबिधा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button