प्रदेश ६

बागलुङमा ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ सपथ खुवाउने अभियान सुरु

बागलुङ | बागलुङ जिल्लाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ सपथ खुवाउने अभियान सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा हिजो मङ्गलबार आयोजित कार्यक्रममा कोरोनासँग जुध्न प्रत्येक व्यक्तिको योगदान महत्वपूर्ण हुने भन्दै कर्मचारीलाई ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ शीर्षक अन्तर्गत ६ बुँदाको शपथ खुवाएर अभियानको शुरुवात गरिएको हो ।

उक्त अभियानमा आ–आफ्नो निकाय, वडा, सङ्घसंस्था र कार्यालयस्तरमा एक हप्तासम्म सञ्चालन गर्ने, बजार टोल क्षेत्रमा माइकिङ गर्ने, सञ्चारमाध्यम र पर्चापम्लेटबाट व्यापक प्रचारप्रसार गरिने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

रोगबाट बच्ने उपाय अवलम्बन गर्न र प्रत्येक नागरिकलाई जिम्मेवारी बोध गराउने गरी सपथ खुवाउने अभियानलाई शुरु गरिएको हो । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी, स्थानीयस्तरमा स्थानीय तहका प्रमुखको नेतृत्वमा स्वास्थ्य कार्यालय बागलुङले तयार पारेको ६ बुँदे सपथ नाराले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको कात्तिक १७ गतेको निर्णय अनुसार शपथ खुवाउने अभियान थालिएको हो । आज बुधबार जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुखलाई शपथ खुुवाउने कार्यक्रम रहेको छ ।

कोरोना महामारी हाम्रो जिम्मेवारी अभियान अन्र्तगत यस अभियानको ६ बुँदे सपथमा म कोरोना भाइरसबाट बच्छु, यदी आफूलाई लागेमा अरुलाई सर्नबाट जोगाउँछु, यसका लागि म जो कोहीसंग भेट्दा माक्स लगाउँछु, जो कोहीबाट दुई मिटरभन्दा पर बस्छु, नजिक जानुपरे १० मिनेट मात्रै बस्छु, केही नयाँ चिज छुनु परेमा साबुन पानीले हात धुने गर्छु र ज्वरो आएमा, खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा, स्वाद थाहा नपाएमा, वान्ता भएमा तथा झाडापखला लागेमा तुरुन्तै स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नेछु लगायतका कुराहरु रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button