प्रदेश ६

रुपन्देहीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

प्रशान्त ज्ञवाली , बुटवल :रुपन्देहीमा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार १८ जना महिला र २२ जना पुरुष गरि जिल्लामा ४० जना संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका २४ जना, सिद्धार्थनगर नगरपालिकाका ५ जना, सियारी गाउँपालिकाका १ जना, सैनामैना नगरपालिकाका ६ जना र तिलोत्तमा नगरपालिकाका ४ जना रहेका छन् ।

यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको जम्मा सँख्या १ हजार ८ सय ६१ पुगेको छ । जिल्लामा हाल ७ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् भने १ हजार १ सय जना संक्रमण मुक्त भएका छन् । त्यस्तै, रुपन्देहीमा हालसम्म २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Related Articles

Back to top button