मुख्य समाचारसमाज

देशभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कात्तिक ३, काठमाण्डौ – हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्यमन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ’ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पोषणविद् अरुणा उप्रेतीले आफ्नै करेसाबारी र घर आँगनमा पाइने हरियो साग सब्जीमा भिटामिन ‘ए’ पाइने भएकाले यस्ता खानेकुरा खान सुझाव दिनु भएको छ ।

गाउँघरमा सजिलै पाइने लट्टेको सागमा गहुँमा भन्दा बढी रेसादार र लौहतत्व पाइने उहाँले बताउनुभयो । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि लट्टेको सागमा पाइने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button