मुख्य समाचारराजनीति

संविधानको नियमावली अनुसार महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको निलम्बित प्रधानन्यायाधीश जबराको दावी,,संसदको सम्मानका लागि मात्र समितिमा आएको तर्क

१५ भाद्र काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दावी गर्नुभएको छ ।

बुधबार महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा उहाँले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको दावी गर्नुभएको हो ।

नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि मात्र समिति समक्ष बयान दिन उपस्थित भएको उहाँको तर्क छ । उहाँले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button