मुख्य समाचारविश्व

युरोपका दुई तिहाई भू–भाग खडेरीको चपेटामा,,जलविद्युत उर्जा र खाद्यान्न उत्पादनमा गिरावट आउने

८ भाद्र काठमाडौं – युरोपका दुई तिहाई भाग खडेरीको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ ।

विश्वब्यापी खडेरी वेधशालाले सार्वजनिक गरेको रिपोर्टमा युरोपेली महादेशले पछिल्लो ५ सय वर्षकै खराब खडेरी र मौसमी समस्याहरुको सामना गरिरहेको हो । खडेरीका कारण बालीनाली उत्पादनमा असर गर्ने र डढेलो समते लाग्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

विगत ५ सय वर्षको औसत तुलनामा हालका वर्षहरुमा बालीनाली उत्पादनमा १६ प्रतिशतले ह्रास आएको भन्दै यो दर बढ्ने क्रममा रहेको बताईएको छ । युरोपमा अस्वाभाविक रुपमा बढेको गर्मी र पानीको अभावले खडेरी बढाएको हो । युरोपमा अधिकांश नदीहरु सुक्ने क्रममा रहेको भन्दै जलविद्युत उर्जामा २० प्रतिशतले गिरावट आएको पनि रिपोर्टमा भनिएको छ ।

खडेरीको चपेटामा पर्ने राष्ट्रहरुमा इटली, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी, नेदरल्याण्डस्, बेल्जियम, लग्जेम्बर्ग, रोमानिया, हंगेरी, उत्तरी सर्बिया, युक्रेन, मोल्डोभा, आयरल्याण्ड र बेलायत रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button