मुख्य समाचारराजनीति

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

भदौ ८, काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नागरिकता विधेयक, बेपत्ता पारिएका वयक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधनसम्बन्धी विधेयक र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरी विधेयक अगाडि बढाएको बताइरहेका बेला आज प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button