समाज

मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्ड पहिरोले बन्द

मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्ड पहिरोले बन्द भएको छ । निरन्तर परेको पानीका कारण कुश्मा नगरपालिका–४ डम्डारेखोलामा पहिरो आएपछि सडक बन्द भएको हो ।

सडक बन्द भएपछि मुस्ताङ, बाग्लुङ, म्याग्दीबाट छुटेका लामो दूरीका गाडीबीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहेको तर सडक माथिबाट ढुङ्गासहितको लेदो बगेकाले खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सडक खुलाउन मध्यपहाडी लोकमार्ग आयोजनासँग अनुरोध गरिएको छ ।

बाग्लुङबाट एक्स्काभेटर ल्याउने तयारी भइरहेको छ । समयमा पहिरो पन्छाउन पहल नभएपछि गाडी चालकहरु पनि सडकमा पहिरो हटाउन खटिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button