मुख्य समाचारराजनीति

शंकाको घेरामा गठबन्धनको निर्णय

काठमाडौं – गठबन्धनको शीर्ष स्थानमा तालमेल भईरहँदा प्रायजसो जिल्लाहरुमा गठबन्धन उलंघन भएको देखिन्छ । आइतबार राति सम्म दजर्नौ जिल्लामा मात्रै सिट बाटफाटमा सहमति जुटेको देखिन्छ ।

जस्तै काभ्रे, धादिङ, दोलखा, नुवाकोटमा कांग्रेस माओवादी र एकिकृत समाजवादी बीच सहमति भएको देखिएको छ। सिन्धुली जिल्लामा भने माओवादी केन्द्र र नेपाली कांग्रेसले मात्र तालमेल गरेर चुनावी गठबन्धन गरेका छन् भने जसपा र एकिकृत समाजवादीलाई गठबन्धनमा सामेल गराएका छैनन् ।

त्यस्तै, रोल्पामा माओवादी केन्द्रले एकल उम्मेदवारी दिने तयारीमा देखिएको छ । गोरखामा भने बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच रस्साकस्सी देखिन्छ । यसै विषयलाई लिएर जसपालाई उपेक्षा गरेको भन्दै गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्म्को चेतावनी भट्टराईले दिएका छन् । यसो हेर्दा नीति सिद्धान्त र विचार भन्दा पनि आफू र आफ्नो पार्टीलाई जिताउन सकिने पाटो नै मुख्य बनेको छ ।

आफू शक्तिशाली भएको ठाउँमा एक्लै उठ्ने र कमजोर भएको ठाउँमा मात्रै गठबन्धन गर्ने दलहरुको अवसरवादी नीति देखिन्छ । शीर्ष स्तरमा भएको तालमेल आफैले कार्यान्वयन गर्न नसक्नु स्थानीय स्तरका कार्यकर्ताले पालना नगर्नुले जनस्तरबाट जनताले गठबन्धनको निर्णय पालना गर्ने विषय शंकाको घेरामा परेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button