मुख्य समाचारराजनीति

स्थानीय निर्वाचन : ३४ सीटमा गठबन्धनको भागबन्डामा सहमत

काठमाडौं – बैसाख ३० गते स्थानीय तहको चुनाव हुदैछ । देशका संसदीय व्यवस्था मान्ने पार्टीहरु चुनावी मैदानमा उत्रदै छन् ।

आफ्नो निति र सिद्धान्त भन्दा पनि आफु र पार्टीलाई जसरी भएपनि जित्ने वा जिताउने खेलामा लागी परेका छन् । नेपाली कांग्रेस, नेकपा माआवादी केन्द्र, जनता समााजवादी पार्टी, एकिकृत समाजवादी पार्टी, जनमोर्चाको एउटा गठबन्धन बनेको छ । भने अर्को तर्फ नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालको गठबन्धन बनेको छ । बहुदल भएपनि स्वतन्त्र उम्मेद्वार बाहेक र केही साना पार्टीहरु अहिलेको अवस्थामा ठूला पार्टीहरुले दुई पार्टीको प्रणालीमा नेपालको निर्वाचनको अभ्यास भैरहेको छ ।

गठबन्धनमा नीति सिद्धान्त एकआपसमा कतै मिल्दैन । तर चुनावमा भने तालमेल गरेर अगाडि बढिरहेका छन् । नीति सिद्धान्त र विचारलाई अंगाल्ने कार्यकर्ता यो गठबन्धनमा सन्तुष्ट देखिदैनन् । जस अनुसार गठबन्धनको पक्षमा मतदान गर्न निष्ठिवान कार्यकर्ताहरु आफु र आफानो पार्टीलाई प्रश्न गरिरहेका छन् । नीति र सिद्धान्तमा निष्ठावान र्कार्यकर्ताले यो गठबन्धनलाई मतदान नगर्न पनि सक्ने आंकलन गरेका छन् ।

यस अघि ०७४ को स्थानीय चुनावमा कांग्रेस, माओवादीको गठबन्धनमा र एमाले र राप्रपाको गठबन्धनमा चुनाव भएको थियो । केन्द्रीय स्तरमा गठबन्धनले महानगर पालिका र उपमहानगरपालिका सहितको ३४ सीटको भागबन्डा टुंग्याएको छ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button