मुख्य समाचारराजनीति

स्थानीय चुनावमा विप्लवको पनि सहभागिता

सरु श्रेष्ठ

काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि प्युठानमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ ।

नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको हो ।

शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेतृत्वको नेकपाले आफ्नो प्रभाव क्षेत्रका रुपमा लिने गरेको छ ।

नेकपाभित्र निर्वाचनमा भाग लिने विषयमा मतभेद छ । पार्टीको केन्द्रिय समितिको बैठकमा बहुमत केन्द्रिय सदस्यहरुले निर्वाचन बहिस्कार गर्ने भएपनि महासचिव विप्लव भने निर्वाचन उपयोग गर्ने पक्षमा उभिदै आएका छन् । पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकास ओली चुनाव बहिस्कार पक्षमा रहेका छन् । यदि पार्टी चुनावमा गएको खण्डमा पाटी विभाजन हुने एक केन्द्रिय सदस्यले रेडियो मिमिरेलाई जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button