मुख्य समाचारराजनीति

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दवाबमा : अध्यक्ष थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दवाब र प्रभावमा रहेर निष्प्रभावी बनेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौं शुक्रबार एक कार्यक्रममा उहाँले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै राजनीति संकटको चक्रब्यूहमा फसेर सरकार प्रभाविहिन बनेको जिकिर गर्नुभयो । देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको थापाको भनाइ छ ।

अध्यक्ष थापाले राप्रपा नेपालको प्राथमिकता स्थानीय निर्वाचन नभइ संसदीय निर्वाचन रहेको भन्दै आगामी निर्वाचनपछि पार्टीलाई राष्ट्रियको मान्यता दिलाउने जिकिर गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button