मुख्य समाचारराजनीति

एमसीसीका कारण गठबन्धनमा खटपट, संकटमा देउवा

सरु श्रेष्ठ,

काठमाडौं – अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन सहयोग परियोजनाका कारण सत्तारुढदल हरुमा खटपट चलिरहेको छ । पाच दलिय गठबन्धन्मा माओवादी केन्द्र र एकिकृत समाजवादी दुबैले सरकार र सडक दुबै मोर्चामा आफ्नो उपस्थिति देखाएका छन् । कांग्रेस भने आक्रामक रुपले एमसीसी संसदमा टेवल गरेर पास गराउने पक्षमा छ ।

सत्तारुढदल माओवादी केन्द्रले फागुन ४ गते आफ्नो संसदीय दलको बैठकमा एमसीसी अहिलेकै अवस्थामा जबरजस्ती संसदमा टेवल गरेमा एमसीसीको विरुद्धमा मत हाल्ने र सरकारबाट बाहिरिने घोषणा गर्यो । माओवादी केन्द्रले नै आफ्नो जनवर्गिय संगठनलाई युवा संगठन र विद्यार्थी संगठनलाइ संसद भवन घेर्नलाई निर्देशन दिएको थियो । र एकिकृत समाजवादीले पनि आफ्नो जनवर्गिय संगठनहरुलाई संसद भवन घेर्नलाई निर्देशन दिएको देखिन्छ ।

सरकार भने फागुन ४ गतेको बैठक मार्फत संसदमा एमसीसी सम्बँधी प्रस्ताव तयार गरेका थियो । र सभामुख अग्नी प्रसाद सापकोटाले समेत संसदको कार्यसुचमिा दलहर सहमत नभएको भन्दै एमसीसी सम्बन्धी विषय समावेश नगरेपछ सो प्रस्ताव संसदको प्रक्रियामा अघि बढ्न सकेन ।

गठबन्धनकको मुख्य घटक नेपाल िकांग्रस भने एमसीसी अघि बढाउने निर्णय फागुन ३ गते बसेको संसदिय दलको बैठकले उक्त निर्णय गरेको थियो । र सरकारमा समावेश रहेकोे राष्ट्रिय जनमोर्चाले पनि एमसीसीमा असहमति जनाउदै आएको छ ।

त्यस्तै सरकार भित्र रहेको जसपामा उपेन्द्र यादव एमसीसीको विरुद्धमा छन् भने बाबुराम भट्टराई भने एमसीसीको पक्षमा खुलेरै उभिएका छन् । यस्तो अवस्थामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुरलाई एमसीसी पास गराउने कि सरकार टिकाउने भन्ने संकटमा परेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button