अर्थ बजारमुख्य समाचारशिक्षा

६ महिनामा विदेश पढ्न जानेहरुबाट साढे १७ अर्ब रुपैयाँ बाहिरियो, घुम्न जानेले खर्चिए १२ अर्ब

माघ २७, काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले १७ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउनदेखि पुससम्म पढ्नको लागि विदेश जाने नेपालीले १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका छन । यो गएको वर्षको ६ महिनाको भन्दा झण्डै पाँच अर्ब रुपैयाँले धेरै हो । यस्तै विदेश घुम्न जाने नेपालीले १२ अर्ब सात करोड रुपैयाँ खर्च गरेका छन ।

अघिल्लो वर्षको ६ महिनामा घुम्न जाने नेपालीले तीन अर्ब रुपैयाँको हाराहारीमा मात्रै खर्च गरेका थिए । ६ महिनामा नेपाल घुम्न आउने पर्यटकले गर्ने खर्च पनि बढेको छ । ६ महिनामा भ्रमण आय दुई सय सात प्रतिशतले बढेर १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय जम्मा तीन अर्ब ३३ करोड रुपैयाँ मात्रै थियो ।

समग्रमा यो आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४६ अर्ब १७ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button