मुख्य समाचार

जुम्लामा यसवर्ष स्याउ उत्पादन १९ प्रतिशतले घट्यो

काठमाडौं – जुम्लामा यसवर्ष स्याउ उत्पादन १९ प्रतिशतले घटेको छ । जिल्लाको केही भेगमा स्याउबारीमा किरा लागेपछि उत्पादन घटेको हो । जुम्लामा यो बर्ष ६ हजार १ सय ७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ ।

गत वर्ष ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको कृषी ज्ञान केन्द्र जुम्लाले जनाएको छ । जिल्लाको कूल खेतीयोग्य जमिन ३९ हजार ४ सय ३५ हेक्टर छ । ४ हेक्टर जमीनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ८ सय ८८ हेक्टरमा मात्रै स्याउ फलेको थियो ।

गत आर्थिक बर्ष ३ हजार ८ सय ८५ हेक्टर जमीनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ५ सय ५४ हेक्टर जमीनमा स्याउ उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस वर्ष जिल्लाबाट एक हजार ९ सय क्विन्टल स्याउ निर्यात भएको कृषी ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button