मुख्य समाचारविश्व

काबुलको  अस्पतालमा विस्फोट  १९ जनाको मृत्यु, ४३ घाइते

 

काबुल – अफगानिस्तानकै ठूलो सैनिक अस्पतालमा मंगलबार भएको शक्तिशाली बम विस्फोटमा परेर १९ जनाको मृत्यु भएको छ भने ४३ भन्दा बढी घाइते भएका छन्। राजधानी काबुलस्थित मोहम्मद दाउद खान सैनिक अस्पतालमा मंगलबार दिउँसो दुईवटा विस्फोट भएको थियो।

विस्फोटमा परि करिब १९ जनाको मृत्यु भएको र ४३ भन्दा बढी घाइते भएको काबुलस्थित आन्तरिक मामला मन्त्रालय स्रोतले अलजजिरासँग बताएको छ। सो अस्पतालमा हवाई फायरसँगै विस्फोट गरिएको अफगान सरकारका सह प्रवक्ता बिलाल कारिमीले बताएका छन्। यद्यपि, घटनाको विस्तृत विवरण भने हालसम्म प्राप्त हुन नसकेको उनले जनाएका छन्।

उनकाअनुसार अफगानिस्तानकै ठूलो ४ सय शैया भएको मोहम्मद दाउद खान सैनिक अस्पतालको प्रवेशद्धारमा दुईवटा विस्फोट गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button