मुख्य समाचारसमाजस्वास्थ्य

कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ५० लाख नाघ्यो

काठमाण्डौ – कोरोना सङ्क्रमणका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ५० लाख नाघेको छ । विश्वका सबैजसो ठाउँमा फैलिएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ५० लाख सात हजार जना नाघेको वल्डोमिटरले जनाएको छ ।

सबैभन्दा धेरै अमेरिकामा सात लाख ६५ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा ६ लाख सात हजार र भारतमा चार लाख ५७ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ ।

२२ महिना अघि चीनको वुहानमा पहिलोपटक पुष्टि भएको कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको छ । अहिलेसम्म विश्वमा २४ करोड ६९ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये २२ करोड ३६ लाख भन्दा धेरै निको भएका छन् । यसैबीच टोङ्गामा पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रशान्त महासागरमा रहेको टापु राष्ट्रमा पूर्ण मात्रा खोप लगाएका एक जनामा कोरोना पुष्टि भएपछि लकडाउनको तयारी गरेको टोङ्गाका प्रधानमन्त्री पोहिभा तुएनिटोआलाई उदृत गर्दै बीबीसीले जनाएको छ । टोङ्गा अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको देश थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button