मुख्य समाचारसमाज

प्रधानमन्त्री देउवा नआउँदासम्म गठबन्धनमा प्रधानन्यायाधीशबारे छलफल नहुने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले उनी विदेशबाट फर्केपछि प्रधानन्यायाधीशलाई निकास दिन लगाउने प्रयास हुने बताएको छ । ‘त्यसैले उहाँले विदेश जानुअघि यस विषयमा धेरै नबोल्न भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सायद फर्केपछि ठोस छलफल होला ।’

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले प्रधानमन्त्री फर्केपछि मात्र दलहरूबीच यस विषयमा छलफल हुने बताए । ‘पार्टीभित्र अलग–अलग निर्णय गर्नुको खास अर्थ हुँदैन, त्यसैले हाम्रो पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन,’ उनले भने, ‘प्रधानमन्त्री कांग्रेसको सभापतिसमेत हुनुभएकाले उहाँ फर्केपछि मात्र बसाइ होला ।’

माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले न्यायालयभित्रको विवाद न्यायालयबाटै संवैधानिक रूपमा निरूपण हुनुपर्ने बताए । त्यहाँ समाधान हुन नसकेर संसद्मा आयो भने मात्र दलहरूले आफ्नो धारणासहित निर्णय गर्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्री विदेशबाट फर्किनुभयो भने पनि दलहरूबीच अनौपचारिक रूपमा छलफल हुन सक्ला,’ उनले भने, ‘न्यायालयलाई औपचारिक रूपमा यसो गर भनेर त भन्न सकिँदैन ।’ देउवानिकट कांग्रेस युवा नेता रामहरि खतिवडाले अदालतजस्तो संवेदनशील क्षेत्रमा भएको विवादलाई लामो समयसम्म राख्न नहुनेमा कांग्रेस सचेत रहेको र सभापति स्वदेश फर्केपछि ठोस धारणा आउने बताए ।

कांग्रेसका १२ नेताको प्रश्न – न्यायालय विवादमा पार्टी किन मौन?

कांग्रेसभित्र ‘दबाब समूह’ का रूपमा परिचित १२ नेताले न्यायालयको नेतृत्वसँग सम्बन्धित विवादबारे मुख खोल्न पार्टीलाई दबाब दिएका छन् । उनीहरूले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी पछिल्लो समय न्यायालय र न्याय प्रणालीभित्रैबाट उठेको विरोधलाई सामान्य रूपमा लिन नमिल्ने बताएका छन् । कान्तिपुर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button