प्रदेश ३समाज

मकवानपुरमा टाटा सुमो दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं – मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा शनिबार बेलुका दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका(१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया(७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते चार जनालाई उपचार गर्न ललितपुरको स्टार अस्पताल ल्याइएको छ । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button