मुख्य समाचारराजनीति

देउवा र प्रचण्डले झुक्याएर एमसिसि पास गर्दैछन्ः ओली

भाद्र १९, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएर केही बिग्रिएका व्यक्तिहरू चोइटिएको बताउनु भएको छ । काठमाडौंमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीमा बिग्रिएका व्यक्तिहरू मन्त्री खानका लागि चोइटिएको बताउनु भएको हो ।

अहिलेको सत्तारुढ गठबन्धको आलोचना गर्दै ओलीले मन्त्री पदका लागि गठबन्धन भएको बताउनु भएको छ । उहाँले कार्यकर्तालाई उच्च मनोबलका साथ अगाडि बढ्न निर्देशन दिनुभएको छ । ओलीले माधव नेपालले जहिले पनि पार्टीमा झमेला गरेर पार्टीलाई कमजोर बनाएको बताउनु भएको छ ।

विगतमा नेतृत्वमा हुँदा नेपालले पार्टीलाई ठूलो क्षति पु¥याएको उहाँको आरोप छ । एमाले भदौ ९ गते औपचारिक रूपमा विभाजन भएको थियो । माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ । साथै ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो ? भनेर प्रश्न गर्नुभएको छ ।

कार्यकर्ता भेलामा ओलीले भन्नुभयोे, ’चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुप¥यो ? कसलाई खुसी पार्न ?’चीनसँग सीमा विवाद छैन भन्दै ओलीले थपे, ’यो समितिले सीमा विवाद देखाओस् चुनौती दिन चाहन्छु ।’ वर्तमान सरकारले चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको ओलीको आरोप थियो । सरकारले चीनसँग सीमा विवाद रहेको भन्दै समिति गठन गर्ने निर्णय गरेपछि ओलीको यो प्रतिक्रिया आएको हो ।

मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दलले पनि विरोध गरेको हो । साथै ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओलीको धारणा माग गर्नुभएको छ ।

उहाँले एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो भनी प्रश्न गर्नुभएको छ । एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोख्नुभएको छ । सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button