मुख्य समाचारराजनीति

गुट र गिरोहबाट कांग्रेसलाई बचाउनुपर्छः डा. शेखर कोइराला

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुट र गिरोहबाट कांग्रेसलाई बचाउनुपर्नेमा जोड दिएका छन् । डा कोइरालाले पार्टीमा संस्थागत हुँदै गएको गुट र विभाजनको संस्कार हटाउनुपर्नेमा जोड दिएका हुन् । उनले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टी कमजोर भएको र आमनिर्वाचनमा पराजय भोग्नुपरेको स्वीकार गर्दै महाधिवेशनबाट नयाँ संस्कार र पद्धति निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

आज महाधिवेशन अन्तर्गत वडा अधिवेशनका दिन एक अपील जारी गर्दै नेता कोइरालाले महाधिवशेनले गुट र गिरोहबाट कांग्रेसलाई बचाउनुपर्ने उल्लेख गरेका छन् । उनले महाधिवेशन ‘उत्सव’ का रुपमा आएको उल्लेख गर्दै कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको बताएका छन् ।

महाधिवेशनलाई पार्टीमा जित र हार भन्दा माथि राख्न उनले सुझाव दिएका छन् । कांग्रेस पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको उल्लेख गर्दै नेता कोइारालाले पार्टीको संगठनात्मक ढाँचाको विस्तारसंगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने नरहेको बताए ।

कांग्रेसको महाधिवेश कार्यतालिका अनुसार शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । कांग्रेसको वडाअधिवेशन करिव नौ लाख क्रियाशील सदस्य मतदाता रहेका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button