मुख्य समाचारराजनीति

२४ वर्षपछि दोस्रोपटक औपचारिक विभाजनको सँघारमा एमाले 

२ भाद्र काठमाडौं । प्रमुख विपक्षी दल एमाले २४ वर्षपछि दोस्रोपटक औपचारिक विभाजनको सँघारमा पुगेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकरावले एमाले ०५४ पछि दोस्रोपटक विभाजनको सँघारमा पुगेको हो । एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले आजै नै नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ ।

अहिले नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नासाथ नयाँ दल दर्ताको तयारीमा नेपाल समूह छ । एमालेका नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले राष्ट्रपतिको निर्णय कुरेर बसेको जानकारी दिनुभयो ।

नयाँ दलको नाम जे भएपनि नेकपा एमाले भने कायमै रहने उहाँले जानकारी दिनुभयो । अहिले नेकपा एमाले (समाजवादी) नाम राख्नेकी भन्ने विषयमा पनि छलफल चलिरहेको बताइएको छ । नेपाल पक्षले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ ।

पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत)लगायतका नाममा छलफल भएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button