मुख्य समाचारस्वास्थ्य

नेपालमा आज कोरोनाका कारण ५५ को मृत्यु, २,५४८ जना संक्रमीत थप

२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ । तीमध्ये १० हजार ९३ जनाको मृत्यु भएको छ भने ६ लाख ६९ हजार २९९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ जना रहेका छन् । जसमध्ये ३१ हजार ९६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८०२ जना आईसीयू र १८१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ७७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २२ वर्ष उमेर समूहका १५८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्द धेरै काठमाडौंमा ७४०, कास्कीमा १८९, ललितपुरमा १५५, मोरङमा १४९ र झापामा १०६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सुनसरीमा ९५, नुवाकोटमा ७४, काभ्रेपलाञ्चोकमा ५९, भक्तपुरमा ५६, रुपन्देहीमा ५३, सिन्धुपाल्चोकमा ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

मकवानपुरमा ४१, गोरखामा ३१, कपिलवस्तुमा २६, सुर्खेतमा २१, इलाममा २०, पाँचथर र स्याङजामा १८÷१८ जना, चितवनमा १७, धादिङमा १६, दाङमा १५, तनहुँ, नवलपरासी पश्चिम र जुम्लामा १२÷१२ जना तथा लमजुङ र गुल्मीमा ११ ÷११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button