अर्थ बजार

खाद्यान्न उत्पादनको अवस्था

बाह्र वर्षअघि नेपालमा खाद्यान्न उत्पादन आवश्यकताभन्दा न्यून थियो । अहिले तथ्यांकहरूले खाद्यान्न बचत हुनसक्ने स्थिति देखाएका छन् । यतिबेला पूर्वाञ्चल विकास क्षेत्रमा खाद्यान्न बचत हुन थालेको छ । तर मध्यमाञ्चल र सुदूर पशिचमाञ्चल भने खाद्यान्नमा अझै परनिर्भर छन् । नेपालको खाद्यान्न उत्पादनले नेपालीलाई खान पुग्ने देखिन्छ । यो कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालय कृषि विभागबाट प्रकाशित कृषि बजार सूचनाले प्रस्ट पार्छ । त्यसबाहेक अर्को वर्षका लागि पनि केही बचत हुन सक्ने देखिएको छ । एक नेपालीलाई वर्षमा सरदर १ सय ९३ किलो खाद्यान्न आवश्यक पर्ने आधारमा यो तथ्यांक निकालिएको हो ।

बाह्र वर्ष अघि र पछिको जनसंख्या र खाद्यान्नको उत्पादन स्थितिको तालिकाबाट पनि माथिको तथ्य स्पष्ट हुन्छ । सबैभन्दा धेरै खाद्यान्न बचत गर्ने क्षेत्रमा पूर्वाञ्चल रहेको छ यस विकास क्षेत्रमा गत बाह्र वर्षमा करिब ११ लाख जनसंख्या बढे पनि ती सबैलाई सो क्षेत्रमा उत्पादित खाद्यान्नबाट खान पुगेको हो । यसबाहेक २ लाख मेट्रिक टनभन्दा बढी खाद्यान्न पूर्वाञ्चलले विक्री गर्न सक्छ । तराइमात्र नभएर हिमाली र अधिकांश पहाडी जिल्ला समेत अहिले खाद्यान्न बचत गर्नसक्ने स्थितिमा देखिएका छन् । मध्यमाञ्चल विकास क्षेत्रमा भने खाद्यान्न न्यून छ । यस क्षेत्रमा बाह्र वर्षमा २५ लाखभन्दा बढी जनसंख्या वृद्धि भएको छ । यहाँ अन्यत्रबाट बसाइ सरेर आउनेको संख्या पनि उच्च छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button