मुख्य समाचारस्वास्थ्य

नेपालमा कोरोना कहरः आज एकैदिन ३५ जनाको मृत्यु, झण्डै ५ हजार संक्रमीत

वैशाख १६, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जना संक्रमित भेटिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । २४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ । २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २४ लाख ५८ हजार ५ सय ६५ पुगेको छ । आइसोलेसनमा ३४ हजार १ सय १७ र क्वारेन्टाइनमा ५९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button