मुख्य समाचारस्वास्थ्य

नेपालमा कोरोना कहरः सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो, २४ घण्टामा ४ हजार ७७४ मा संक्रमण पुष्टि

वैशाख १५, काठमाडौँ । नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ ।

२४ घण्टामा १३ हजार ८७९ पीसीआर परीक्षणबाट देशभर ४ हजार ७७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ एन्टिजेन परीक्षणमा १२३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८९७ पुगेको छ । २४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् ।

सोमबारदेखि बुधबारसम्म ४० हजार ९५१ पीसीआर परीक्षणमा १२ हजार ५८० मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाउँछ । २४ घण्टामा काठमाडौंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ गरी २०४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा थप १७ जना कोरोना संक्रमीतको मृत्यु् भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button