खेलकुदप्रदेश ३

ठुलोसिरुवारिका रोजन र सुनिता उत्कृष्टमा चुनिय

“सिन्धुपाल्चोक जिल्ला स्तरिय कराँते प्रतियोगिता -२०७७” शनिवार सम्पन्न भएको छ ।

शुक्रबार सुरु भएको प्रतियोगीतामा चौतारा साँगाचोक गढी नगरपालिका टिम पहिलो हुन सफल भएको छ । बाह्रबिसे नगरपालिका दोस्रो र पाँचपोखरी थाङपाल गाउँपालिका टिम तेस्रो भएको छ ।

प्रतियोगितामा क्रमश प्रथम टिमले रु ३० हजार , दितिय टिमले २० हजार र तृतिय टिमले १० हजार नगदसहित प्रमाणपत्र, मेडल तथा शिल्ड प्राप्त गरेको छ ।यसैगरी पुरुष तर्फमा उत्कृष्ट भएका दोहोरो स्वर्ण पदक जित्न सफल चौसाँगढी नपा ठूलोसिरुबारीका खेलाडी रोजन श्रेष्ठलाई नगत एक हजार र ट्रफि सहित सम्मान गरिएको छ ।

यस्तै महिला समुहतर्फमा दोहोरो स्वर्ण पदक जित्नुभएका उत्कृष्ट खेलाडी सुनिता तामाङलाई पनि नगत एक हजार र ट्रफि सहित सम्मान गरिएको छ । यसैबिच उदयमान खेलाडी बाह्रविसेकी अन्जली श्रेष्ठ र त्रिपुरा सुन्दरीका सुसिप बोहोरालाई नगत एक-एक हजार र ट्रफि सहित सम्मान गरिएको कार्यक्रम संयोजक गंगालाल श्रेष्ठले बताउनुभयो ।

जिल्ला स्तरिय कराँते प्रतियोगिता २०७७ बागमति प्रदेशका निवर्तमान समाजिक विकासमन्त्रि युवराज दुलालको प्रमुख आतिथ्यतामा समापन भएको हो ।यो प्रतियोगिता १३ नम्बर वडा कार्यालय ठुलोसिरुबारी र ठुलोसिरुबारी डोजोको सहयोग तथा चौतारा साँगाचोक गढी नगर खेलखुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button