मुख्य समाचार

प्रधानमन्त्री ओलीको दाबीः ढुक्क हुनुहोस्, तोकिएकै समयमा निवार्चन हुन्छ

१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निवार्चन हुँदैन कि भन्ने आसंका नगर्न आग्रह गरेका छन् । आज ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका हुन् ।

ओलीले वैशाख १७ र २७ गते चुनाव हुने दाबी गरेका छन् । साथै ओलीले मुलुकमा लोडसेडिङ नभएको दाबी समेत गरेका छन् । मुलुकमा पल्लिो समय झ्याप-झ्याप बत्ति जान थालेपछि बिभिन्न टिका टिप्पणी भईरहेका बेला ओलीले यस्तो बताएका हुन् । उनले झ्याप-झ्याप बिजुली जानु लोडसेडिङ नभई प्राविधिक समस्या मात्रै भएको धारणा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै पालोमा देश लोडसेडिङ मुक्त भएको दावी गर्दै अब देशलाई बिजुली किन्नु नपर्ने बताउँदै छिमेक देश भारत, बंगलादेश लगायतका देशलाई विद्युत् बेच्ने बताए । आफ्नै पालोमा ढल्केबर–जनकपुर चिप्लो सडक, ढल निकास, रेल लगायत थुप्रै विकास गरेको उनको दावी छ ।

अब चाँडै पूर्वपश्चिम रेल गुड्ने, ठूला सिंचाइका योजना सुनकोसी मरिन डाइभर्सन जस्ता ठूला योजनाको शिलान्यास गरि बनाउने बताएका छन् । यस्तै प्रधानमन्त्री ओलीले आफूलाई मधेश विरोधी भनेर दुस्प्रचार गर्नेलाई पिछडिएका दलित डुमका छोरा, चमारका छोरालाई काँधमा बोकेर हिड्न चुनौती दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button