मुख्य समाचार

बाग्मती सरसफाई अभियानले ४ सय हप्ता पुगेको अबसरमा बिभिन्न कार्यक्रम गर्दै

२२ पुष, काठमाडौं । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिले वाग्मती सरसफाई अभियानको ४ सय हस्ता पुगेको अबसरमा बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

स्वच्छता हाम्रो पहिचान सरसफाई मेरो योगदान गन्ने नाराका साथ सुरु भएको महाअभियानको ४ सय हप्ता पुगेको अबसरमा पुष २५ गते शनिबार बिभिन्न कार्यक्रम गरी मनाउने भएको हो । अभियानका अध्यक्ष उद्धव तिमल्सेनाले आज एक बिज्ञप्ति जारी गर्दै काठमाडौंको तिनकुने र सुन्दरीजलमा आयोजना गरिने उक्त कार्यक्रमलाई शहरी विकाश मन्त्री, राज्यमन्त्री एवं सचिबले सम्बोध गर्ने बताएका छन् ।

बिज्ञप्ति जारी गदै तिमल्सेनाले नेपाललाई अन्तराष्ट्रिय समुदायसम्म चिनाउने यस अभियानको प्रभावबाट समुदायमा फोहरको घरमै बर्गिकरण गर्ने, कौशी खेती गर्ने, कम्पोष्ट मल बनाउने लगाएतका काम भई नदि फोहरको मात्रा कम हुन गई नदीको स्वच्छतता तथा पबित्रता कायम गर्न मद्धत पुगेको बताएका छन् । उनले आफ्नो सम्पदाको आँफै संरक्षण तथा संबर्धन गर्नुपर्छ भन्ने सन्देश समेत प्रवाह भएको बताएका छन् ।

वाग्मतीलाई पुर्ण जिवन दिन र सफा राख्न बागमती सरसफाई अभियानमा नागरिक समाज एवं अगुवा व्यक्तीहरुको स्वतस्फुर्त स्यंसेवी भावनाका साथ तिनवटा सुरक्षा निकाए तथा सरकारी र गैर सरकारी संघसंस्थाको संलग्नतामा २०७० साल जेठ ५ गतेबाट अभियान सुरु भएको थियो ।

यस्तै बाग्मती सरसफाईका महाअभियन्ता लीलामणि पौड्यालले सरसफाई अभियानले मृतप्राय बाग्मती र यसका सहायक नदीलाई पुनर्जीवन दिएको बताएका छन् । यस अभियानको मुल उद्येश्य विशुद्ध स्वयंसेवीको भावना विकाश गर्ने, स्वाभिमानि भावनाको बिकाश गर्ने, आफ्नो काम आँफै गर्न सक्छौं भन्ने भावनाका साथ राष्ट्र निमार्णमा निस्वार्थ समर्पण हुने जनशक्ति निर्माण गर्ने रहेको बताएका छन् ।

साथै उनले फोहरको श्रोत मै व्यवस्थापन गर्न, नदीहरु, सम्पदा तथा सार्वजनीक स्थलको सरसफाई गर्न र राष्ट्रब्यापी जनचेतना जगाउन यो अभियानले अतुलनीय योगदान रहेको बिशवास व्यक्त गरेका छन् । साथै उक्त अभियानमा हातेमालो गर्दै अघि बढ्न सम्पुर्णमा उनले अफिल समेत गरेका छन् ।

अभियानको ३ सय ९९ हप्तासम्म आईपुग्दा अहिलेसम्मम १० लाख भन्दा बढीको जन सहभागीतामा नदीबाट २० हजार टन फोहर व्यवस्थापन गरिएको समितिले जनाएको छ । साथै बाग्मती सरसफाईको अभियानको प्रभावले उपत्यकाका अन्य नदीहरु विष्णुमती, हनमुन्ते, रुद्रमती, ईक्षुमती, गोदावरी, तिलगंगा, आलोनगर, सुन्दरीघाट र चक्रपथको पश्चिम उत्तर र दक्षिणभाग बाग्मती फोहर उन्मुलन समाज तथा लामाटार जस्ता सफाई अभियान सञ्चालनमा आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button