मुख्य समाचार

नेपालमा आज ७ सय वढीमा कोरोना पुष्टिः निको हुनेको संख्या पनि ७ सय, ८ को मृत्यु

काठमाडौं पुस १४ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ६ हजार १३५ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ ।

मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ६५ जना क्वारेन्टाइनमा छन ।

मंगलबार मात्र ७ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button