मुख्य समाचारराजनीति

चिनियाँ विशेष टोली राजनितिक भेटघाटमा व्यस्त, दाहालपछि नेपाललाई भेट्यो

आज नै वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट्ने

काठमाडौँ : चिनियाँ कम्युनिस्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोली यति बेला राजनितिक भेटघाटमा व्यस्त रहेको छ । उक्त टोलीले आज नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेको छ । दाहाललाई उनको निवास खुमलटारमा र नेपाललाई बानेश्वरस्थित एभरेस्ट होटलमा भेटेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले दाहाललाई भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए। भेटमा पछिल्लो विकसित राजनीतिक विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ । टोलीले आज नै वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट्ने बताइएको छ ।

आइतबार उपमन्त्री येचौको टोली शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको थियो । टोलीले आइतबार नै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेको थियो । ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजन भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी अहिले सक्रिय बनेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button