प्रदेश २

गैरी – बरबोट जोड्ने झोलुङ्गे पुल निर्माण

लमजुङ|  गण्डकी प्रदेश सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा गैरी र बरबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।

बेँसीशहर  नगरपालिका–२ गैरी र वडा नं ११ चिती बरबोट जोड्ने मस्र्याङ्दी नदी माथि पुल बनेको हो । पूर्वाधार विकास कार्यालय सवइञ्जिनीयर दीपक देवकोटाले बाविरो लामा प्रगति जेभी काठमाडाँैले रु दुई करोड ३८ लाख ४३ हजारमा पुल निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।

सो पुल २५६ मिटर लामो र साढे एक मिटर चौडाइ रहेको छ । पुलको गत माघ ११ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभएको थियो । यहाँ पुल नहुँदा गैरी र बरबोटका स्थानीय आवतजावत गर्नका लागि घुमेर नगरको वडा नं १ चिप्लेटीबाट हिँड्नुपर्ने बाध्यता थियो ।

अहिले करिब एक घण्टा समय छोटिएको स्थानीयबासीको भनाइ छ । यस पुल निर्माणले नगरको वडा नं ११ चेपाङटारमा रहेको लोपोन्मुख चेपाङ समुदायका स्थानीयसमेत लाभान्वित हुने भएको छ । उनीहरुले समेत यहाँ पुल नहुँदा चिप्लेटीमा रहेको झोलुङ्गे पुलको प्रयोग गर्दै आएका थिए ।

विशेष गरी वडा नं ११ का स्थानीयलाई जिल्लाको मुख्य बजार बेँसीशहर बजारमा आउन सजिलो भएको वडा नं २ का वडाध्यक्ष गणेश कँडेलले जानकारी दिनुभयो । उत्पादित वस्तु गैरी हुँदै बेँसीशहर बजारसम्म लैजानका लागि धेरै सहज हुने उहाँको भनाइ छ । झोलुङ्गे तथा मोटरेबल पुललगायत विभिन्न क्षेत्रको विकासमा अघि बढिरहेको प्रदेश सरकारले जनाउँदै आएको छ ।

 

 

 

दूध दिन छाडेपछि आधा दर्जन गाईलाई झुण्ड्याएर मारेको फेला पर्यो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button