Uncategorized

२५ वर्षीय युवक मृत अवस्था फेला

महेन्द्रनगर |कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमार्इं मृतावस्थामा भेटिएका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिनुभयो ।
मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ । कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ । “मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “विस्तृत अनुसन्धान हुँदैछ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button