Uncategorized

बलात्कारपछि हत्याको विरोध, प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ | वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ ।

 

प्रहरीको गोलीबाट गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेका बर्दिवास १ का ४३ वर्षे न्यौपानेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार गर्न हिजै काठमाडौँ ल्याइएको थियो । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

 

तीघ्रामा गोली लागेका उनको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको स्थानीयले बताएका छन् । प्रदर्शनमा प्रहरीको गोली लागेका अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर छ ।

 

गएको आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको थियो।

 

बालिकाको बलात्कारपछि हत्या भएको आरोप आफन्त र स्थानीयले लगाएका छन्। बालिका हत्याको आरोपमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

 

तीन वर्षीया बालिकाको विभत्स हत्या, बलात्कारपछि हत्याको आशङ्का

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button