समाज

बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपाली चेली पनि

काठमाडौं – ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन बिबिसी ले सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको छ। उक्त सूचिमा नेपालकी १८ वर्षीया सपना रोका मगर परेकी छिन्।

 

बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचिमा अटाएकी हुन्। सपनाले हालसम्म ३६ भन्दा बढी बेवारिसे शव जलाइसकेकी छिन्।

 

सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायतले स्थान बनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button