विश्व

अस्ट्रियाको राजधानी भियनामा आतंकी हमला, ५ को मृत्यु

एजेन्सी – अस्ट्रियाको राजधानी भियनामा आतंकी हमला भएको छ। राजधानीमा सयौं पुलिसहरु हमलावर आतंकीको खोजतलासमा लागेका छन। सिटि सेन्टरस्थित एक यहुदी प्राथनास्थल बाहिर भएको आतंकी हमलामा ऐलेसम्म ५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाईते भएको खबर छ। अस्ट्रियाका गृहमन्त्रीले जनाएअनुसार हमलाको समयमा प्रहरीद्वारा गरिएको जवाफी कारवाहिमा मारिएका आतंकी इश्लामिक स्टेटका समर्थक रहेको जनाईएको छ।

हमला गर्ने आतंकीको तस्विर र भिडियो भने प्रष्ट देखिएको छ। जसमा आतंकीले सडकबाटै गोली हान्न शुरु गरेका छन। अस्ट्रियाका गृहमन्त्री कार्ल नेहम्मेरले मंगलवार एक प्रेस कन्फ्रेन्स गर्दै आफ्ना नागरिकलाई घरभित्रै रहन र सार्वजनिक स्थानमा नजान अपिल गरेका छन। गृहमन्त्रीका अनुसार प्रहरीले एक आतंककारीलाई मारेका छन जसले आफ्नो शरिरमा बिष्फोटक पदार्थ बोकेर ल्याएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button