अर्थ बजार

मंसिरदेखि सबैखाले पर्यटक नेपाल भ्रमणमा आऊन पाऊने

काठमाण्डौ – सरकारले १ मंसिरदेखि सबै मुलुकका विदेशी पर्यटकलाई नेपाल आउन दिने तयारी गरेको छ । यसअघि १ कात्तिकदेखि आंशिक रूपमा विदेशी पर्यटकलाई नेपाल आउन अनुमति दिइएको छ । पर्यटन व्यवसायीहरूको सुझाबका आधारमा पर्यटन मन्त्रालयले पर्यटनका सबै गतिविधि खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो ।

व्यवसायीहरूको सुझाबका आधारमा सबै गतिविधि खुलाएर जाने गरी प्रस्ताव पठाइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए । ‘देशको अर्थतन्त्र उकास्न पनि गतिविधि खोल्दै जानुको विकल्प नदेखिएकाले खोल्ने प्रस्ताव गरेका हौँ,’ रेग्मीले भने ।

नेपाल पर्यटन बोर्डले गठन गरेको टुरिजम रिकभरी टास्कफोर्सले कार्यविधि तयार पार्दै १ मंसिरदेखि ९२ घन्टाअघिको पिसिआर रिपोर्टलाई मान्यता दिएर विदेशी पर्यटकलाई खुला गर्ने प्रस्ताव तयार पारेको हो । कार्यविधिअनुसार विदेशी पर्यटकलाई खुला गरेमा पर्वतारोहण र पदयात्राबाहेक सहरी क्षेत्र तथा अन्य गन्तव्यमा समेत विदेशी पर्यटकलाई खुला हुनेछ ।

फोर्सले तयार पारेको कार्यविधिमा विदेशी पर्यटकलाई ३ दिन मात्रै होटेल क्वारेन्टाइनमा राख्ने उल्लेख गरिएको छ । टास्कफोर्सले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गर्नेछ । सो प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा मंसिरदेखि सबै प्रकारका देश र गन्तव्यमा जान चाहने विदेशी पर्यटकलाई नेपाल खुल्नेछ । हाल दैनिक २५ वटा समूहसम्मले पर्वतारोहण तथा पदयात्राका लागि नेपाल पर्यटन बोर्डबाट अनुमति लिइरहेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष तथा टास्कफोर्सका सदस्यसमेत रहेका खुम सुवेदीका अनुसार कार्यविधि तयार पारेर पर्यटन मन्त्रालय र सिसिएमसीमा पठाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहलले लेखेका छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button