स्वास्थ्य

तुलसी – धर्मदेखि स्वास्थ्यसम्म एक बहुपयोगी बनस्पति

हिन्दू धर्मावलम्बीहरुले तुलसीलाई पूज्ने गर्छन् । त्यसैले हिन्दू धर्म मान्नेहरु प्राय सबैको घरआँगनमा तुलसी रोपिएको हुन्छ ।तुलसीलाई औषधिय गुणले भरिपूर्ण बनस्पतिको रुपमा लिगिन्छ । त्यसैले आर्युवेदमा यसको खास महत्व छ । यसलाई मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

जाडो याममा तुलसी निकै उपयोगी हुन्छ । जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । तुलसीको सेवनले यस्ता रोगहरुमा औषधीको काम गर्छ । बिहान खाली पेटमा चाररपाँच तुलसीको पात सेवन गर्नुपर्छ । यो पातलाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ । त्यसो त चाररपाँच वटा पात चपाए पनि फाइदा गर्छ ।

यसरी गर्नुहोस् तुलसीको प्रयोगः

१.तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ । छातीको दुखाई पनि कम गर्छ । स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।

२.तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिउनुपर्छ ।

३.तुलसीलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि तुलसीको पातलाई सुकाएर चूर्ण बनाउनुहोस् । त्यसमा राम्ररी पिसेको मरिच र सुख्खा अदुवाको धुलो मिसाउनुहोस् । मिश्रण तयार भएपछि त्यसलाई तातो पानीमा उमाल्नुहोस् र राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुहोस् । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

४.तुलसीलाई दुधसँग पनि मिसाएर सेवन गर्न सकिन्छ । यसरी तुलसी र दुधको मिश्रण बनाउँदा त्यसले थप लाभ गर्छ । खासगरी यस्तो मिश्रण खाली पेटमा सेवन गर्नुपर्छ ।

५. यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसीको मिश्रणलाई सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा मिल्छ ।

६.यदि कसैलाई टाउको दुख्ने समस्या छ भने तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई ठिक गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो लाभदायक हुन्छ ।

७.मुटुसम्बन्धी समस्या भएकाहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्दा मुटुलाई स्वस्थ्य राख्न सहयोग मिल्छ ।

८. यसका साथै तुलसीको यसप्रकारको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ ।जसले तनावको स्तर कम गर्न मद्धत गर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button