अर्थ बजार

आज तोलामा १२ सयले घट्यो सुनको मूल्य

बुटवल : बिहीबार पनि सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सयले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार छापावाल सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो ।  

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय कायम भएको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ७० रुपैयाँले घटेर तोलाको ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button