मुख्य समाचार

सफाई कर्मचारीबाट जुस पिएर अनसन तोडे डा. केसीले

काठमाडौं – डा गोविन्द केसीले अनशन तोडेका छन्। शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन्।

शनिवार राति सरकार र डा केसीबीच ८ बुँदे सहमति भएको थियो। अनशन तोडेलगत्तै केसी थप उपचारका लागि आइसियुमा भर्ना भएका छन्।

डाक्टर केसी १९ औं आमरण अनशनमा थिए। असोज २४ गते राति सरकार र केसीबीच सम्झौता भएसँगै सबै आन्दोलनका कार्यक्रम स्थगित गरी अनशन तोडेका हुन्।

Related Articles

Back to top button