प्रदेश ६

दुई सातादेखि अवरुद्ध गुल्मीको रिडी–रुद्रवेणी सडक सन्चालनमा

गुल्मी : पहिरोका कारण गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको रिडी–रुद्रवेणी सडक आज बेलुकीदेखि सन्चालनमा आएको छ । रुरु क्षेत्र गाउँपालिका १ अन्र्तगत विष्णुपञ्जर नजिकै सडक माथिवाट चट्टान सहित खसेको ठूलो पहिरो हटाएपछि सडक सुचारु बनेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरिक्षक शालिकराम थापाले जानकारी दिनुभयो ।

पहिरोका कारण अवरुद्ध बनेको उक्त सडकमा पटक पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन थप समस्या परेको थियो । सडक सुचारु गर्नका लागि स्थानीय रुरुक्षेत्र गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयको पहलमा रिडी र रुद्रवेणी दुवै तर्फवाट चार दिनसम्म जेसीभि र ईक्साभेटर परिचालन गरि पहिरो हटाउने काम भएको हो ।

गुल्मीको रिडीदेखि वामीटक्सार हुँदै बाग्लुङ्गको बुर्तिवाङ्गसम्म सवारी साधनहरु संचालन हुने उक्त सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका मानिसहरुलाई आवतजावत र खाद्यान्न ढुवानीमा थप समस्या परेको थियो । सडक सुचारु भएसँगै दुवै क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ जान थालेको स्थानीय समाजसेवी अशोक श्रेष्ठले बताउनुभयो ।

Related Articles

Back to top button