विश्व

संसदबाट कृषि बिधेयक पारित भएसंगै भारतमा चक्काजाम

काठमाण्डाै – संसद्को दुवै सदनले पारित गरेको कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम भएको छ ।

किसान संगठनले देशभर चक्काजामको आह्वान गरेको हो । सरकारले विधेयक किसानको हितैषी भएको भन्दै यसबाट किसानको आय बढ्ने र उनीहरुको उत्पादनको लागि बजार खुल्ने दाबी गरेको छ । तर किसान संगठनले भने विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको जिम्मा लगाउने कोशिस भएको आरोप लगाएका छन् ।

विधेयकको विरोधमा पंजाब र हरियाणामा सबैभन्दा धेरै प्रदर्शन भएका छन् । पन्जाबमा बिहीबार रेल रोक अभियान पनि चलेको थियो । किसान संगठनले आज देशभरि नै विधेयकको विरोधमा प्रदर्शन गर्ने बताएका छन् ।

Related Articles

Back to top button