समाज

६ वर्षपछि फेरि जनकपुर आइपुग्यो रेल

जनकपुरधाम – नेपाली रेल भारतबाट जनकपुरधाम आइपुगेको छ । नेपालको झण्डाको रंगमा रंगिएको रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो ।

ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले रेलको स्वागत गरेका छन् ।

तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगर देखि कुर्थासम्मको काम सम्पन्न भएको छ ।

जसको लागि नेपाल सरकारले १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट ट्रेन आज आइरहेको छ ।

आज परीक्षणका लागि आइपुगेको रेल पुनः जयनगर फर्किने बताइएको छ ।

Related Articles

Back to top button