Uncategorized

सोमबार आराध्यदेव भगवान शिवको पुजाअर्चना गरे हुनेछन यी लाभहरु

आज सोमबार अथवा शिव जि को दिन हो।हप्ताका सातै दिन विभिन्न भगवानको पुजा गरिन्छ भने सोमबार बिशेष गरी भगवान शिबको पुजा अर्चना गर्ने गरिन्छ।

सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ।

कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

आउनुहोस आज भगवान शिवजी खुसी बनाउने चर्चा गरौ।साच्चिकै तपाईले भगवान शिबजिलाई प्रशन्न बनाउन चाहानुहुन्छ भने यो पाँच कुराहरु हरेक हप्ताको सोमबार सजिलै गर्न सक्नुहुन्छ र चाँडै तपाईंमाथि भगवान शिवको अनुग्रह प्राप्त हुनेछ र तपाईको हर मनोकामना पुरा हुनेछ ।

१) आजको दिन तपाईले सक्नुहुन्छ भने बिहान नभए बेलुका जुनसुकै समयमा मन्दिरमा जानुहोस् अनि दूध र चिनी मिश्री भगवान शिवलाई चढाउनुहोस । यदि सोमबारको दिन अर्थात आजको दिन मन्दिर जान सक्नुहुन्न भने चिन्ता नगर्नुहोस । एउटा कुरा शास्त्रहरुमा भनिएको छ यदि तपाईको मनमा आस्था छ भने तपाईले जुनसुकै समयमा जहाँसुकै पनि भगवानको उपासना गर्न सक्नुहुन्छ।यदि तपाईं मन्दिर जान सक्नुहुन्न भने घरमा नैं भगवानलाई मन्दीरमा चढाउने कुराहरु चढाएर कृपा पाउँन सक्मुहुन्छ।

२) हरेक भगवानको आफ्नै विशेषता हुन्छ र मानिसले पनि त्यसै किसिमको उपासना गर्नुपर्छ । तपाईले कुन भगवानको पुजा अर्चना गर्दै हुनुहुन्छ त्यसका बारेमा तपाईलाई जानकारी हुनुपर्छ । यदि तपाईले पुजा गर्ने समयमा थोरै कुराहरु मात्रै मिलेन भने तपाईको भाग्यमा नकारात्मक खालको असर पर्न सक्ने कुराहरु शास्त्रहरुमा भनिएको छ । भगवान शिवको लागि बेलपत्र सबैभन्दा प्रिय लाग्छ त्यसैले यसलाई चढाउनुहोस । भगवान शिवलाई खुशी पार्न हरेक सोमबारमा ११ वटा वेलपत्र चढाउनुपर्दछ।

३) भगवान शिव शंकरलाई खुःशी राख्नको लागि कुनै एउटा मात्रै तरिका हुन्छ भन्ने हुँदैन । जस्तै तपाईले मन्दीरमा गएर दुध र मिश्र चढाउनुहुन्छ वा बेलपत्र भगवानलाई चढाउनुहुन्छ । त्यसैगरी भगवान शिवलाई इमरती चढाएर पनि उहाँको आर्शिवाद पाउँन सकिन्छ । जसले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्ने गर्दछ र तपाईलाई अगाडि बढ्न सहज हुनेछ ।

४) भगवान शिव शंकरलाई जलसँग गहिरो प्रेम भएको कुरा पुराणहरुमा उल्लेख गरिएको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा भनिएको छ कि भगवान शिवशंकरलाई गंगाजलसँग गहिरो लगाब थियो । यो विश्वासका साथसाथै भगवान शंकरलाई गंगाजजले अभिषेक गर्नाले एकदमैं छोटो समयमा नैं लाभ मिल्न सुरु हुने गर्दछ।

५) अन्त्यमा,तपाईले भगवान शिवशंकरलाई खुःशी राख्न माथि भनिएका चार कुराहरु गरिसके पछि पनि केही काम बाँकी नैं हुन्छ जसले भगवानालाई खुःशी बनाउँन महत्वपुर्ण भुमिका खेल्छ । भगवान अनुसार सबैको मन्त्र फरकफरक हुन्छ । शास्त्रहरुमा भनिएको छ जब तपाई पनि कुनै पनि भगवानको सच्चा भक्त हुनुहुन्छ र दुःखको बेलामा भगवानको याद गर्दै मन्त्र जप्नु भयो भने तपाईले त्यस समस्याबाट छिट्टै मुक्ति पाउनुहुनेछ । त्यस्तै,तपाईले भगवान शिवशंकरलाई प्रसन्न राख्नको लागि जप्नुपर्ने मन्त्र हो,ॐ नमों शिवाय १ यस मन्त्रलाई तपाई सोमबार मात्रै होईन हरेक दिन जप्न सक्नुहुन्छ । यसले तपाईलाई सकारात्मक उर्जा प्रदान गर्न सहयोग गर्नेछ ।

Related Articles

Back to top button