खेलकुद

टोकियो ओलम्पिक अर्कोबर्ष हुने

काठमाडौं – अन्तराष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष जोन कोट्सले अर्को वर्ष कुनैपनि हालतमा टोकियो ओलम्पिक हुने बताउनुभएको छ । उहाँले त्यो बेला कोरोना भएपनि नभएपनि टोकियो ओलम्पिक तोकेको मितिमा हुने दाबी गर्नुभएको हो ।

कोरोनाका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक त्यो मितिमा पनि हुने नहुनेमा शंका नै रहेको छ । तर आइओसीका उपाध्यक्ष जोनले २०२१ मा जुन मितिमा ओलम्पिक हुने भनेको छ, त्यही समयमा भएरै छोड्ने बताउनुभयो ।

टोकियो ओलम्पिकका लागि आइओसीले बनाएको कोर्डिनेसन कमिटीका संयोजक समेत रहनुभएका जोनले आगामी जुलाई २३ बाट ओलम्पिक सुरु हुने जानकारी गराउनुभयो ।

टोकियो ओलम्पिक एक वर्ष सर्दा ५६ हजार करोड भारतीय रुपैयाँ नोक्सान भएको बताइएको छ । यसका साथै २० करोड भारतीय रुपैयाँ खर्च बढेको छ ।

Related Articles

Back to top button