प्रदेश ५

रातो मच्छिन्द्रनाथको रथलाई २९ गते बुंगमती लैजाने

काठमाडौं : रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत जुरेको छ ।

सोमबार दैवज्ञ ज्योतिषहरूले रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत भदौं २९ गतेको लागि जुराएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए ।

गत बिहीबार अचानक युवाहरूले रथ तान्ने प्रयासपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको सरोकारवाला निकायहरूको बैठकले शुक्रबार क्षमापूजा गरेर भदौ २२ मा मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत जुराउने सहमती गरेको थियो ।

सहमतिअनुसार भदौ २६ भित्रै बुंगमती लैजाने सहमती भएको थियो । तर सोमबार साइत जुराउँदा भदौ २९ गतेको लागि जुरेको महर्जनले जानकारी दिए ।

मत्स्येन्द्रनाथलाई बुंगमती लगेको चार दिनपछि पुल्चोकमा नै रथ भत्काउने काम सुरु हुने पनि महर्जनले जानकारी दिए । बिहीबार अव्यवस्थित रूपमा तानिएको रथमा केही क्षति भएको र बाटोमा अलपत्र परेका कारण आइतबार रथलाई २० मिटरजति तानेर सुरक्षित ठाउँमा राखिएको छ ।

Related Articles

Back to top button