मुख्य समाचारराजनीति

आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा, मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द रहने

कात्तिक २९, काठमाण्डौ – सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् ।

गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने विज्ञप्तिमार्फत् जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button