उम्मेदवारको पक्ष÷विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही हुने आयोगको चेतावनी,, निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिने भनाई ।।
कात्तिक २८, काठमाण्डौ -निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष÷विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्न चेतावनी दिएको छ । आयोगले स्थानीय प्रशासन चुनावमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने जनाएको हो ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरुसँग पक्ष÷विपक्षमा लागेर काम गरेको पाइएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताउनु भएको हो ।
उहाँले कुनै पनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्ष÷विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभयो । उहाँले चुनावलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने पनि बताउनु भयो । पालिकामा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले चुनावको समयमा पक्ष÷विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताउनु भयो । आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले पालिकामा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढङ्गले निगरानी राखेको पनि बताउनु भयो ।