मुख्य समाचारराजनीति

अशक्तहरुको वारेस बनेर मत हाल्नेहरुप्रति चनाखो बन्न प्रमुख निर्वाचन आयुक्तथपलियाको निर्देशन,,’झुक्याएर मतदान गरे गम्भीर कसुरमा कारबाही हुने चेतावनी’ ।।

२४ कार्तिक काठमाडौं ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेसहरुप्रति चनाखो हुन निर्देशन दिनुभएको छ ।

अशक्तहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्नसक्ने भन्दै उहाँले चनाखो हुन निर्देशन दिनुभएको हो । उहाँले गत स्थानीय तहको निर्वाचनमा आफैं मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।

उम्मेदवारको दबावमा कतिपय सक्षम मतदाताले पनि आफू अशक्त भएको बहाना बनाउने गरेको भन्दै त्यसो गर्नु गम्भीर कसुर ठहरिने उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button