मुख्य समाचारसमाज

आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

कात्तिक २३, काठमाण्डौ – आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा आज दिनभरजसो नै मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा भने पहाडी क्षेत्रमा मौसम बद्ली भइ दिउँसो हल्का पानी पर्ने अनुमान छ । तराईका केही जिल्लामा पनि हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी वायूको प्रभावका कारण यी क्षेत्रको मौसम बद्ली भई हल्का पानी पर्न लागेको मौसमविद् मानन्धरले बताउनुभयो ।

आज काठमाण्डौको मौसम पनि आंशिक बद्ली हुनेछ । भरे रातिदेखि भने मोसममा सुधार आउने मौसमविद्को भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button